images
images

बैकिङ कसुर मुद्दाका दुई फरार पक्राउ 


  • 457
    SHARES
  • २०७९ जेठ २१ गते शनिबार

    बैकिङ कसुर मुद्दाका दुई फरार पक्राउ 

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि–६ मा बस्ने ५१ वर्षीया इन्द्रकुमार राई र कागेश्वरी मनोहरा–१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन्।

    बैंकिङ कसुर मुद्दामा राईलाई उच्च अदालत पाटनले गत वैशाख ५ मा ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। त्यस्तै, चौलागाईलाई उच्च अदालत पाटनले वैशाख ४ मा उनलाई १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

    चौलागाईलाई भिमसेनगोलाबाट पक्राउ गरेको छ भने  राईलाई चाबहिलबाट शुक्रबार पक्राउ गरेको छ। राई र चौलागाईलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।


    images
    images

    Logo