images
images

पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप


  • 336
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    पाँचदेखि ११ वर्षका बालबालिकालाई असार ९ देखि खोप

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने जानकारी गराएका छन्। आज भिडियोमार्फत उनले बालबालिकालाई खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने जानकारी दिए । 

    पहिलो चरणमा २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन गरिने छ । यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ । अनुसन्धानअनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि उनले अनुरोध गरेका छन् । 

    उनले खोप खरिद प्रक्रिया सुरु गरिए पनि कोभ्याक्समार्फत निःशुल्क ल्याउन थालिएको बताए । “खोप खरिद प्रक्रियामा रहेको थियो । यसको मूल्य ६ अर्बभन्दा माथि रहेको थियो । तर मन्त्रालयले निरन्तर प्रयासमार्फत कोम्यभास सुविधामार्फत निःशुल्क ल्याउन लागेको हो”, उनले भने । 

    केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र स्थानीय तहमा खोप वितरण गरिने छ । नेपालमा अहिलेसम्म पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ । बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुष्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको उनले जानकारी दिए। सम्पूर्ण नागरिकलाई खोप लगाउनका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 


    images
    images

    Logo