काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल विक्री गर्न भएको छ । सोमबार बैंकले २१ अर्ब ९ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको हो । बैंकका अनुसार ९१ दिन अवधिको लागि ४ अर्ब २६ करोड रुपैयाँ छुट्याइएको छ । यसका साथै १ सय ८२ दिनको लागि अवधिको लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ । ३ सय ६४ दिन अवधिको लागि ६ अर्ब ८३ करोड रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
९१ दिन अवधिको बिल आगामी भदौ २१ गते परिपक्व हुनेछ । त्यस्तै, १ सय ८२ दिन अवधिको बिल आगामी मंसिर २० गते परिपक्व हुनेछ भने ३ सय ६४ दिनको लागि आगामी जेठ २३ गते परिपक्व हुनेछ ।
यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।



