images
images

आइतबार पूर्वपश्चिम राजमार्गको सडक ६ घण्टा अवरुद्ध हुने


  • 687
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    आइतबार पूर्वपश्चिम राजमार्गको सडक ६ घण्टा अवरुद्ध हुने

    काठमाडौं । यही जेठ २२ गते आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारामा ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । सो स्थानको गिरुबारी खोलाको पुल मर्मतका लागि सडक अवरुद्ध हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । 
     
    उनका अनुसार आइतबार बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म पुल मर्मतका हुने छ । पुलको बीच भाडमा भ्वाङ परेका कारण यातायात आवागमन बन्द गरेर नियमित मर्मतसम्भारको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 

    उक्त खण्डको वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले  अनुरोध गरेको छ । विस्तारका क्रममा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डमा पुराना फलामे पुल पुराना भएकाले मर्मत गर्दै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता छ । राजमार्ग विस्तारसँगै पुराना फलामका पुल विस्थापित गरी नयाँ पक्की पुल बनाउनका लागि संरचना निर्माणको कामसमेत भइरहेको छ । 


    images
    images

    Logo