images
images

अदालतले १६ लाख ५० हजार रुपैयाँ  जरिवाना तोकेका राई पक्राउ


  • 352
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    अदालतले १६ लाख ५० हजार रुपैयाँ  जरिवाना तोकेका राई पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १६ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका १ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको विसं २०७९ वैशाख ५ को फैसलाअनुसार ४ दिन कैद सजाय र १६ लाख ५० हजार 
     रुपैयाँ जरिवाना तोकिएका खोटाङ हलेसी घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय इन्द्रकुमार राईलाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका राईले २०७७ साल माघमा ग्लोबल आइएमई बैंक भक्तपुर शाखाको पर्याप्त मौज्दात रकम नभएको चेक दिएर ठगी गरेकाले उच्च अदालतको आदेशानुसार राईलाई आज काठमाडौँको चाबहिलबाट पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । 


    images
    images

    Logo