काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएकाे छ । हिजो ( बिहीबार) पेट्रोलियम पदार्थको मुल्य घटेसगैँ सार्वजनिक यातायातको भाडा पनि घटेको हो ।
यातायात व्यवस्था विभागले शुक्रबार घटेकाे नयाँ भाडादर प्रकाशन गरेकाे छ । जसअनुसार यात्रुवाहक सवारी साधनको मुल्यमा २ प्रतिशतले घटाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहन सवारी साधनको मुल्यमा २.६ प्रतिशतले घटाएको छ ।
तराईको बाटोमा सञ्चालन हुने मालवाहन सवारी साधनको मुल्यमा २.९ प्रतिशतले घटाएको छ ।
२ प्रतिशतले भाडा घट्दा छोटोदरीको लागि १५ रुपैयाँसम्म र लामो दुरीको यात्राको लागि ६० रुपैयाँसम्म भाडा घटेको विभागले जनाएको छ ।