काठमाडौं । आगामी आर्थिक बर्ष २०७९/८० मा प्रदेश, स्थानीयले अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट कुल ४ खर्ब २९ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् ।
जसमध्ये प्रदेश सरकारले १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । जसमध्ये प्रदेश सरकारले समानीकरण अनुदान अन्तर्गत ६१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । सर्शत अनुदानतर्फ ५७ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । समपुरक अनुदान अन्तर्गत प्रदेश सरकारलाई ६ अर्ब २९ करोड ६० लाख रुपैयाँ बराबरको बजेट पाएका छन् ।
स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यस्तै, ६ वटा महानगरपालिकाले १० अर्ब ३६ करोड १६ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । जसमध्ये महानगरपालिकाले समानीकरण अनुदान अन्तर्गत ३ अर्ब ३९ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । सर्शत अनुदानतर्फ ६ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । समपुरक अनुदान अन्तर्गत महानगरपालिकाललाई २० करोड ६० लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । महानगरपालिकाहरुले पाएको यो अनुदान औसत १ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ हो ।
उता, ११ वटा उप–महानगरपालिकाले १० अर्र्ब ४२ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । जसमध्ये उप–महानगरपालिकाले समानीकरण अनुदान अन्तर्गत ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । सर्शत अनुदानतर्फ ६ अर्ब १६ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । समपुरक अनुदान अन्तर्गत महानगरपालिकाललाई २३ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । उप–महानगरपालिकाहरुले पाएको यो अनुदान औसत ९४ करोड ७५ लाख रुपैयाँ हो ।
२ सय ७६ वटा नगरपालिकाले १ खर्ब ३३ अर्ब ६० करोड २ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । जसमध्ये नगरपालिकाले समानीकरण अनुदान अन्तर्गत ४३ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । सर्शत अनुदानतर्फ ८३ अर्ब १५ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । समपुरक अनुदान अन्तर्गत महानगरपालिकाललाई २ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । नगरपालिकाहरुले पाएको यो अनुदान औसत ४८ करोड ४० लाख रुपैयाँ हो ।
४ सय ६० वटा गाँउपालिकाले १ खर्ब ४६ अर्ब १७ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । जसमध्ये नगरपालिकाले समानीकरण अनुदान अन्तर्गत ४९ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । सर्शत अनुदानतर्फ ८७ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् । समपुरक अनुदान अन्तर्गत गाँउपालिकालाई ३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट पाएका छन् ।गाँउपालिकाहरुले पाएको यो अनुदान औसत ३१ करोड ७८ लाख रुपैयाँ हो ।



