काठमाडौं । सुनचाँदी बजारमा आज सुन मुल्य ९ सय रुपैयाँले बढेको छ । छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार सुनको मुल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कारोवार भएको सुनको मुल्य आज एकैदिन ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।