काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । सो शेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि खुलाइएको हो ।
उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तो निष्काशन छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गते बन्द हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।