images
images

रिभर फल्सको आईपीओ बाँडफाँट, २ लाख ५३ हजार ८ सय ९० जनाले हात पारे सेयर


  • 415
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    रिभर फल्सको आईपीओ बाँडफाँट, २ लाख ५३ हजार ८ सय ९०  जनाले हात पारे सेयर

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलका  आज दिउँसो ४ बजे क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । आईपीओको लक्की नम्बर २ रहेको छ । 

    कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको हो । गलोप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख ५३ हजार ८ सय ९० जनाले मात्रै कम्पनीको आईपीओ प्राप्त गरेका छन् । बाँकी आवेदकको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार २ सय ७७ जना आवेदकले २ करोड १२ लाख ५९ हजार ५ सय ७० कित्ता शेयरका लागि २ अर्ब १२ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

    कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

     आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइटmeroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र  रिभर फल्स हाइड्रोको वेबसाइट www.riverfallshydro.com.np/  बाट हेर्न सकिने छ ।

     

     

     

     


    images
    images

    Logo