images
images

३४ अंकले घट्यो नेप्से, परिसुचक २२ सय विन्दुमा


  • 288
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

    ३४ अंकले घट्यो नेप्से, परिसुचक २२ सय विन्दुमा

    काठमाडौं ।  आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२१ अंकले घटेर २ हजार २ सय दशमलव ८८ को विन्दुमा कायम भएको छ । २ सय २४ वटा कम्पनीको ३९ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज काराेवारमा आएका १३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक रात्ताम्मे भएका छन् ।

     आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका हुन् । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै मिथिला लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।

     


    images
    images

    Logo