काठमाडौं । रिभर फल्स पावरले निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज दिउँसो ४ बजे क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको छ ।
कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । बैशाख ३० गते , ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको आईपीओ कुल ८ दिन बिक्रि खुला रहेको थियो ।
जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारण आवेदन दिएको आइपीओ आज बाँडफाँट हुनलागेको हो ।



