काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर जेठ ५ गते बाँडफाँट गरेको छ ।कम्पनीले चैत २५ गतेबाट वैशाख १५ गतेसम्म कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
रितपूर्वक आवेदन दिएका १ लाख १३ हजार १ सय ५३ जना सेयरधनीहरुलाई १ करोड ४ लाख ७ हजार ८ सय १५ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ ।
यस कम्पनीले कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये ४ लाख ५२ हजार १ सय ८५ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको उक्त हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ ।