images
images

हिमालयन हाइड्रो पावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 525
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    हिमालयन हाइड्रो पावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । हिमालयन हाइड्रो पावरको आईपीओमा आवेदन दिने थप गरिएको छ । वैशाख २५ गतेदेखि आवेदन खुल्ला गरेको आईपीओमा माग बमोजिम आवेदन नपरेकाले सो आईपीओको समय थप गरिएको हो । 

    अब यो आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। 

    उक्त  शेयरमा आयोजना प्रभावित क्षेत्र  कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।  ।

    उक्त आईपीओका लागि लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo