images
images

साताको अन्तिम दिन १५ अंकले घट्यो नेप्से, परिसुचक २२३५ विन्दुमा 


  • 380
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    साताको अन्तिम दिन १५ अंकले घट्यो नेप्से, परिसुचक २२३५ विन्दुमा 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) १५.८२ अंकले घटेर २ हजार २ सय ३५ दशमलव ०९ विन्दुमा कायम भएको छ  । साताको अन्तिम दिन शुक्रबार २ सय २३ कम्पनीको शेयर कारोवार हुदाँ ९३ करोड २२ लाख बराबरको २५ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ । 

    शुक्रबार ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ४२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै सूचक घटेका छन् ।यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै अरुण कावेली पावरको कारोबार भएको छ । कम्पनीको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सिन्धु विकास बैंकको २ करोड ७६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको २.७३ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

     

     


    images
    images

    Logo