images
images

२३ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सबै रात्ताम्मे


  • 463
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    २३ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सबै रात्ताम्मे

    काठमाडौं ।  नेपाल स्टक एक्सेचञ्ज (नेप्से) २३.५१ अंकले बढेर २ हजार २ सय ५० विन्दुमा पुगेको छ ।  विहीबार २ सय १९ कम्पनीको १ अर्ब ३० करोड बराबरको ३८ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोवारमा आएका १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ६९ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै विकास बैंक उपसूचक घटेको छ ।

    आज सबैभन्दा धेरै प्रभु बैंक संस्थापश शेयर कारोबार भएको छ । बैंकको संस्थापक शेयर १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, एनआइसी एशिया लघुवित्त प्रोमोटर शेयर ५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.४५ प्रतिशतले बढेको छ ।  मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले बढेको छ । एनएमबि हाब्रिट फण्डका इकाईधनीले २.२८ प्रतिशतले बढेको छ ।

    आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतले  गुमाएका छन् ।


    images
    images

    Logo