images
images

दुई कम्पनीको आईपीओ धितोपत्र बोर्डको पाइपलाईनमा 


  • 492
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    दुई कम्पनीको आईपीओ धितोपत्र बोर्डको पाइपलाईनमा 

    काठमाडौं । दुई कम्पनीको आईपीओ धितोपत्र बोर्डको पाइपलाईनमा रहेको छ । भुगोल इनर्जी डेभलपमेन्ट र मकर जितुमाया सुरी हाइड्रोपावर रहेका छन् । 

    भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । 

    मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २२ करोड ८० बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । 

    कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  सेबनबाट अनुमति पाएपछि २ कम्पनीले शेयर निष्काशन गर्नेछन् ।


    images
    images

    Logo