काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि वैशाख १३ गतेदेखि कुल १० लाख ५४ हजार २ सय ६० कित्ता आईपीओ जारी गरेको थियो । उक्त शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ् जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु भारते, अर्चलबोट, श्रीभन्ज्याङ्, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार, हिलेटक्सार (१ देखि ८ गावीसका) वासिन्दाहरुका लागि सो शेयर निष्कासन गरिएको हो ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सो आईपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।