काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ८.९० अंकले बढेर २ हजार २ सय ७४ दशमलव ४२ विन्दुमा पुगेको छ । २ सय २७ वटा कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ३१ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय २७ वटा कम्पनीको शेयर बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कारोबारमा आएका मध्ये ट्रेडिङ, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्युचुअल फण्ड बाहेक बाहेकका सबै सूचक बढेका छन् । जस अनुसार हाइड्रोपावर समुहको सूचक सबैभन्दा धेरै २.०८ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख रपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, जाल्पा लघुवित्तको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज राधी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.०२ प्रतिशतले बढेको छ भने सिनर्जी पावरको शेयर मूल्य ५.९१ प्रतिशत तथा बरुण हाइड्रोको शेयर मूल्य ५.७७ प्रतिशतले बढेको छ ।
आज सुर्योदय वोमी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने प्रुडेन्शियल इन्स्योरेन्सको शेयर मूल्य ४.३९ प्रतिशतले घटेको छ ।



