काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर जारी गर्नको लागि कम्पनिले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ बराबर १.४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७ सय कित्ता हकप्रद शेयर विक्रीका लागि बोर्डमा निवेदन दिएको हाे । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले बैशाख २८ गते बोर्डमा निवेदन दिएको थियो ।