काठमाडौं । कुमारी क्यापिटलले म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले कुमारी धनवृद्धि योजना निष्काशनमा गर्न लागेको हो।
अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ रहेको छ । उक्त फण्डको समयावधि १० वर्षको रहने छ ।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १ करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १सय देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेट २६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।



