images
images

३ जीवन बीमा कम्पनीले गरे मर्जरका लागि सम्झौता


  • 612
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    ३ जीवन बीमा कम्पनीले गरे मर्जरका लागि सम्झौता

    काठमाडौं । ३ जीवन बीमा कम्पनीे एक आपसमा गाभिने भएका छन् । बिहिबार प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जानको लागि सम्झौता गरेको हुन् । 

     बीमा समितिबाट जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने भएपछि उक्त ३ बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय गरेका हुन् । 

    हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख, गुराँस लाइफको २ अर्ब ८ करोड र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ  रहेको छ । 

    साे सम्झौतापत्रमा प्राईम लाइफ इन्स्योरेन्सकाे तर्फबाट अध्यक्ष पियुषराज अर्याल, गुराँस लाइफ इन्स्योरेन्सकाे तर्फबाट अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्सकाे तर्फबाट अध्यक्ष सुलभ अग्रवालले हस्ताक्षर गरेका छन् ।


    images
    images

    Logo