images
images

४ दिन करिव १ सय ३० अंकले शेयर बजार बढेसँगै बिहीबार लगानीकर्ता अन्यौलमा


  • 416
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    ४ दिन करिव १ सय ३० अंकले शेयर बजार बढेसँगै बिहीबार लगानीकर्ता अन्यौलमा

    काठमाडौं । यो साता लगातार चार दिन बढेको बजार कारोबारको अन्तिम दिन बिहीबार भने घटेको छ। सुस्ताएको बजारमा ४ दिनको वृद्धिले लगानीकर्ताको  विश्वास फर्कन थालेको थियो तर बिहीबार शेयर बजार घटेपछि लगानीकर्ताहरु झन अलमलमा परेका छन् । यसका साथै चुनाव नजिकिए पनि शेयर बजारमा खास प्रभाव परेको देखिँदैन।  

    यो साता चार दिनको कारोबारमा बजारमा हरियाली छाउँदै १३०.४४ अंकको वृद्धि देखिएको थियो। बिहीबार भने बजार १८.६४ अंकले घटेर २ हजार ३ सय ५० दशमलव ४२ बिन्दुमा झरेको छ। 

    यो साता आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको थियो। मंगलबार ४४.१६ अंकले बढेर बजार २ हजार ३ सय १३ बिन्दुमा पुगेको थियो। बुधबार पनि ५६.०६ अंकको बढेर शेयर बजार २ हजार ३ सय ६९ दशमलव ०६ बिन्दुमा पुगेको थियो। 

    बिहीबार २ सय २८ वटा कम्पनीको २ अर्ब ३२ करोड बराबरको ५२ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ ।  आज ३४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ११ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ८ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ७ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २० प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले गुमाएका छन् ।


    images
    images

    Logo