images
images

५६ अंकले नेप्से बढ्दा १३ कम्पनीको शेयर मुल्य सकारात्मक सर्किट


  • 361
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    ५६ अंकले नेप्से बढ्दा १३ कम्पनीको शेयर मुल्य सकारात्मक सर्किट

    काठमाडौं । आज नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले बढेर २ हजार ३ सय ६९ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १ सय ९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने २ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

    आज १३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएको छन् भने ७ वटा कम्पनीका लगानीकर्ताले ९ प्रशिततका दरले कमाएका छन् ।

    सकारात्मक सर्किट लाग्नेमा नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिजर्नी पावर डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी, राधी विद्युत कम्पनी, जालपा सामुदायिक लघुवित्त, गणपत्ति लघुवित्त, युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर र फरर्वाड माइक्रोफाइनान्स, इमर्जिङ नेपाल, अरुण काबेरी पावर र पाँचथर पावर कम्पनी रहेका छन् ।

    123.JPG

     

     


    images
    images

    Logo