काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.०६ अंकले बढेर २ हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । बुधबार २ सय २९ कम्पनीको २ अर्ब १६ करोड बराबरको ५३ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।
बैंकर्स संघले जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने भएपछि शेयर बजार बढन पुगेको हो । स्थानीय तहको निर्वाचन नजिकिदै गएसँगै शेयर बजार प्रति लगानीकर्ताहरुमा उत्साह बढेको छ । आज कारोवारमा आएका सवै समुहका परिसुचकमा पनि हरियाली छाएको छ ।
सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज ङादी पावर कम्पनीको ८ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोको ५ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।



