काठमाडौं । राधी विद्युत कम्पनीलाई हकप्रद शेयर जारी गर्नका लागि विद्युत नियमन आयागले अनुमति दिएको छ । आयोगले राधी विद्युत कम्पनीलाइ १ः१.४७५२ को अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ बराबरको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको जारी गर्न निवदेन दिएको थियो ।
अब नेपाल धितोपत्र बोर्डले अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।