काठमाडौं । रिभर फल्स पावरको आईपीओ खुल्दैछ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको २७ लाख ३० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
निष्काशन गरिने शेयरमध्ये ५४ हजार ६ सय कित्ता शेयर कर्मचारीका लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लागानी कोषको लागि छुट्याएको छ । र बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।
संस्थाका कर्मचारी र सामुहिक लगानी कोषका बाहेक यो शेयर ५ लाख ३२ हजार ८ सय ९० जनालाई वितरण गर्न पर्याप्त हुन्छ । उक्त आईपीओमा छिटोमा जेठ ४ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।



