images
images

४४ अंकले बढ्यो नेप्से, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट


  • 368
    SHARES
  • २०७९ बैशाख २७ गते मंगलबार

    ४४ अंकले बढ्यो नेप्से, ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४४.१६ अंकले बढेर २ हजार ३ सय १३ विन्दुमा पुगेको छ । आज साताको तेस्रो दिन मंगलबार २ सय २६ कम्पनीको १ अर्ब ३५ करोड बराबरको ३३ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । आज १ सय ८१ कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ । 

    मंगलवार कारोवारमा आएको  सबै समुहको परिसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्सको बढेको छ । यस समुहको ३.२७ प्रतिशतले बढेको हाे ।  

    आज सबैभन्दा धेरै ङादी ग्रुपको कारोबार भएको छ । कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ३ कम्पनीको शेयर मुल्यमा सकारात्म सर्किट लागेको छ । सकारात्क सर्किट लाग्नेमा बरुण हाइड्रोपावर कम्पनी, ङादी ग्रुप पावर र जालपा समुदायिक लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 


    images
    images

    Logo