काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कुल शेयर मध्ये आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं। ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं। ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरीएको छ ।
बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि कम्पनीले आईपीओ विक्री गर्ने भएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।उक्त आईपीओको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।



