काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा अनवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि वैशाख १३ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा माग बमोजिम दरखास्त नपरेकाले आवेदन दिने समय थप गिरएको हो ।
उक्त आईपीओमा अब जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । कुल १० लाख ५४ हजार २ सय ६० कित्ता आईपीओ जारी गर्न लागेको छ । उक्त शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ् जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु भारते, अर्चलबोट, श्रीभन्ज्याङ्, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार, हिलेटक्सार ९१ देखि ८ गावीसका० वासिन्दाहरुका लागि सो शेयर निष्कासन गरिएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सो आईपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



