नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२७ अंकले बढदा २ हजार २ सय ६८ दशमलव ८४ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार २ सय २२ कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३३ लाख २४ कित्ता शेयर किनबेच भएको छ । आज १ सय १४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम, विकास बैंक, जीवन बीमा उपसूचक र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ४ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८६ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज जाल्पा लघुवित्तका शेयर मुल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।



