काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १७.९५ अंकले बढेर २ हजार २ सय २६ दशमलव ५७ विन्दुमा पुगेको छ । केही दिनयता घट्दै गएपनि नेप्से परिसूचक आज सो अंकले बढेर उत्साह थपिएको छ ।स्थानीय तहको निर्वाचन नजिकिँदै गएसँगै शेयर बजार प्रभावित बन्दै गएको थियो । सो कारण शेयरबजारमा खासै उत्साह देखिएको थिएन । आज फेरी लामो समयपछि नेप्से ०.८० प्रतिशतले बढेर केही उत्साह थपिएको हो ।
आज २ सय ३३ कम्पनीको १ अर्ब ३२ करोड बराबरको ३३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । आज कोषको ७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तका हेयर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीका लगानीर्ताले १० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरले ८ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन एनर्जीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।



