images
images

नेपाल फाइनान्सको हकप्रद शेयर निष्कासनको मिति तोकियो


  • 560
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    नेपाल फाइनान्सको हकप्रद शेयर निष्कासनको मिति तोकियो

    काठमाडौं । नेपाल फाइनान्सले हकप्रद शेयर निष्कासनको मिति तोकेको छ । कम्पनीकको १ः०‍‍‍.७० अनुपातको दरले हुन आउने हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

    कम्पनीले शेयरधनीहरुका लागि ३४ लाख ५४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । उक्त हकप्रद शेयरका लागि जेठ ६ गतेदेखि आवेदन खुला हुने भएको छ । यस्तो निष्कासन छिटोमा जेठ २६ गते बन्द हुनेछ । बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

    सो हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।

    हाल ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार  रुपैयाँ  पुग्नेछ।


    images
    images

    Logo