images
images

हिमालयन हाइड्रो पावरको आईपीओ आजदेखि


  • 1.4K
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    हिमालयन हाइड्रो पावरको आईपीओ आजदेखि

    काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो। 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। उक्त  शेयरमा आयोजना प्रभावित क्षेत्र  कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओका लागि लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि  अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । यो निष्काशन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


    images
    images

    Logo