काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) शुक्रबार पनि बजार खोल्नका लागि निर्देशन दिएको छ । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए।
सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक विदा दिने भएपछि शेउर बजार शुक्रबार पनि खोल्नका लागि निर्देशन दिएको हमालले बताए।