काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.०६ अंकले घटेर २ हजार २ सय ३८ दशमलव ६२ विन्दुमा पुगेको छ । साताको अन्तिम काराेवारकाे दिन बिहीबार २ सय ३२ कम्पनीको १ अर्ब ६५ करोड बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोवारमा आएका कम्पनी मध्ये ५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ८८ वटा कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज कारोवारमा आएका सबै उपसूचक रात्ताम्मे भएका छन् । सर्वाधिक जीवन बीमा समुहको २६०.१५ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समुहको २६५.४२ रुपैयाँले घट्न पुगेको छ । पछिल्लो समय नेप्सेका सूचकहरुमा सर्वाधिक बीमा समुह प्रभावित बन्दै गइरहेको छ । नेप्से बढ्दा यी दुवै सूचक चम्किने र नेप्से घट्दा सर्वाधिक घट्न समुहमा पनि यही दुवै समुह पर्ने गरेको छ ।
आज सबैभन्दा धेरै सूर्या लाइफ इस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।



