images
images

एकैपटक ८१ करोडको आईपीओ ल्याउँदै पिपुल्स पावर, कहाँ पुग्यो प्रक्रिया ?


  • 468
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    एकैपटक ८१ करोडको  आईपीओ ल्याउँदै पिपुल्स पावर, कहाँ पुग्यो प्रक्रिया ?

    काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले झन्डै ८१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई समेत गरी ८० करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेको हो ।  

    यसका लागि कम्पनीले धितोपत्र बोर्डमा आईपीओ निष्कासनको प्रस्तावसहित आवेदन दिएको छ । कम्पनीले बैशाख १२ गते दिएको आवेदनलाई बोर्डले बुधबार पाइपलाइनमा चढाएको छ । 

    लमजुङमा ४९.६ मेगावाटको सुपर दोर्दी ख निर्माण गरिरहेको सो कम्पनीले आयोजनाको निर्माण ५० प्रतिशत भन्दा माथि पुगेपछि आईपीओ निष्कासनको प्रक्रिया थालेको थियो । 


    images
    images

    Logo