images
images

२२७५ को विन्दुमा झर्यो नेप्से, कारोबार रकम १ अर्ब २६ करोडमाथि


  • 362
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    २२७५ को विन्दुमा झर्यो नेप्से, कारोबार रकम १ अर्ब २६ करोडमाथि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.७६ अंकले घटेर २ हजार २ सय ७५ दशमलव ६८ विन्दुमा पुगेको छ  । आज कारोवारमा आएका २ सय ३३ कम्पनीको १ अर्ब २६ करोड बराबरको ३६ लाख २ हजार कित्ता किनबेच भएको छ । बुधबार सबै उपसमूहका सूचक घटेका छन् । 

    आज सबैभन्दा बढी निजीवन विमा कम्पनीको सुमहले गुमाएका छन् यस कम्पनीको २.३४ प्रतिशतले घटेको छ । त्यस्तै, दोस्रो धेरै गुमाउनेमा हाइड्रोपावरका लगानीकर्ता रहेका छन् यस समुहको २.३३ प्रतिशतले घटेको हो । यसपछि क्रमश विकास बैंक, टेड्ङि, फाइनान्स समुह, निजीवन विमा समुह, जीवन बिमा समुहले २ प्रतिशत भन्दा बढी गुमाएका छन् भने होटल तथा पर्यटन, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य, समुहक समुहकले १ प्रतिशत भन्दा बढी गुमाएका छन् । त्यस्तै बाँकी रहेका बैंकिङ समुह, लगानी समुह, म्युचअल फण्ड १ प्रतिशत भन्दा कम गुमाएका छन् । 

    आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    त्यस्तै, नविल बैंकको ३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यसैगरी आज सबैभन्दा धेरै जाल्पा लघुवित्तका कारोवार भएको छ भने आज सबैभन्दा धेरै ग्रीन भेञ्चरका लगानीकर्ताले गुमाएका छन् । 


    images
    images

    Logo