images
images

एनएमबि बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने


  • 509
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    एनएमबि बैंकको उर्जा ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । एनएमबि बैंकले फेरि अर्को उर्जा ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ऋणपत्र निष्काशन गर्ने भएको हो । 

    बैंकले आजदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको एनएमबि उर्जा ऋणपत्र २०९३र९४ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।

    प्रतिकित्ता १ हजारको दरले कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता व्यक्तिगतबाट बिक्री गरिनेछ भने बाँकी रहेको १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ।

    जसमध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

    इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ३५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्काशन छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ४ गतेसम्म आवेदन खुल्ला रहने बैंकले जनाएको छ ।


    images
    images

    Logo