images
images

सेञ्चुरी बैंकको सवा २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि


  • 402
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    सेञ्चुरी बैंकको सवा २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि

    काठमाडौं । सेञ्चुरी बैंकले आजदेखि सवा २ अर्ब रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र खुल्ला गरेको हो । 

    बैंकले  ‘सेञ्चुरी डिबेन्चर २०८८’  निष्काशन गरेको हो। बैंकले प्रतिकित्ता  १ हजार रुपैयाँ अंकित दरका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  सो ऋणपत्रको अवधि १० वर्षको रहनेछ ।

    कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

    सो ऋणपत्र खरिदका लागि छिटोमा वैशाख २५ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म थपिनेछ।

    लगानीकर्ताहरुले सो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo