images
images

अन्नपूर्ण केवलकार यात्रुका लागि निःशुल्क बस सेवा सुरु


  • 687
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    अन्नपूर्ण केवलकार यात्रुका लागि निःशुल्क बस सेवा सुरु

    पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

    केवलकारमा यात्रा गर्न स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० माआम्बोट गेट, ४ः३५ मागौरीघाट, ४ः४० माबाराहीचोक, ४ः४५ मासेन्टर पोइन्ट र ४ः५० माहल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ बताएको छ । 

    केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सेवा प्रदान गर्न लागेको हो । 


    images
    images

    Logo