images
images

इन्टरनेट सेवामा रकम भुक्तानीको समस्या सल्टियो, इन्टरनेट नै नपाइने समस्या अन्त्य


  • 709
    SHARES
  • २०७९ बैशाख २० गते मंगलबार

    इन्टरनेट सेवामा रकम भुक्तानीको समस्या सल्टियो, इन्टरनेट नै नपाइने समस्या अन्त्य

    काठमाडौं । सरकारले विदेशी मुद्रा सटही रोक लगाएपछि देशभरि बन्द हुने भनिएको इन्टरनेट सेवा नरोकिने भएको छ । सुचना तथा सञ्चार मन्त्रालयले अपस्ट्रिम प्रोभाइस जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा गर्न पुर्णरुपले बन्द गरेका कारणले इन्टरनेट काटिने अवस्थामा पुगेको थियो ।  

    शनिवार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा अबरोध हुने भएको थियो । सरकारले बेरुजुको कारणले सटही सविधा रोक्दा नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारतीय कम्पनीबाट इन्टरनेट आपुर्ति रोक्ने चेतावी दिएका थिए । त्यसैका आधारमा इन्टरनेट सेवा प्रदायकले पनि सेवा रोक्ने घाेषणा गरेको हुन् । कम्पनीहरुले विगत ५ महिनालेदेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट इन्टरनेट बन्द हुने स्थिति आएको हो।  

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब डलरको सटहीका लागि सिफारिस गर्ने सहमति भएको छ । सहमति लिखित नभएपनि अब रोकिएको रकमको भुक्तानी गर्न बाटो खुलाउने खुलेपछि  इन्टरनेट सुबिधा नकाटिने भएको छ । 


    images
    images

    Logo