काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १ हजार रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।