images
images

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर


  • 562
    SHARES
  • २०७९ बैशाख १९ गते सोमबार

    नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौं । राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
      
    विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।
     
    विभागले ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपैयाँ बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ ३ करोड ४० लाख १८ हजार रुपैयाँ र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६०  रुपैयाँ बराबरको बदमासी गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ बराबर असुल गरी कैद सजायको समेत माग गरेको छ । 


    images
    images

    Logo