काठमाडौं । शेयर बजार साताको दोस्रो दिन पनि उच्च अंकले घट्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.७३ अंकले घटेको छ । सोमबार कारोवारमा आएका २ सय २८ कम्पनीको १ अर्ब ४२ करोड बराबरको ३९ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज शेयर बजार घट्दा पनि ७ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ८७ कम्पनीको शेयर मुल्य घटेको छ । आज कारोवारमा आएका सबै परिसुचकका समुहहरु राताम्मे भएका छन् । आज सर्वाधिक जीवन बीमा समुहको ३ सय ४२ दशमलव २५ रुपैयाँ र निर्जिबन बीमा समुहको २ सय १८ दशमलव ६३ रुपैयाँले घट्न पुगेको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।यस कम्पनीको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको हो । हिमालयन डिष्टिलरीको ४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावर कम्पनीको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।



