काठमाडौं । न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
मंगलबार प्रदेश १, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, बुधबार देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मधेश प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।



