images
images

३ स्थानीय निर्वाचन अधिकृतमाथि निर्वाचन आयोगको कारबाही


  • 516
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    ३ स्थानीय निर्वाचन अधिकृतमाथि निर्वाचन आयोगको कारबाही

    काठमाडौं । निर्वाचन आयोगले ३ स्थानीय निर्वाचन अधिकृतमाथि कारबाही गरेको छ । आयोगले अधिकृतहरुले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै कारबाही गरेको हो । 

    यसरी कारबाहीमा पर्ने अधिकृतहरुमा साम्सी गाउँपालिकका निर्वाचन अधिकृत दिलिपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापित रहेका छन् । आयोगका अनुसार स्थापितले समयतालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएका कारण उनी कारबाहीमा परेका हुन । खोजतलासका क्रममा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएको स्रोतले जनाएको छ । 

    साथै, महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृतहरु फेरिएको पनि आयोगले बताएको छ ।


    images
    images

    Logo