images
images

स्थानीय निर्वाचनः कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउछन् ?


  • 466
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    स्थानीय निर्वाचनः कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउछन् ?

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमा निर्वाचन आयोगले तोकिदिएको छ । शुक्रबार बसेको बैठकमा आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले  ७ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने निर्णय गरेको हो । 

    त्यस्तै, नगरपालिका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५ हजार, गाउँपालिका प्रमुख र उपप्रमुखका लागि ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् भने। महानगरको वडाध्यक्षलाई ३ लाख, उपमहानगरको वडाध्यक्षलाई २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षलाई २ लाख र गाउँपालिकाको वडाध्यक्षलाई डेढ लाख भन्दा बढि खर्च गर्न नपाउने आयोगले जनाएको छ ।

    उम्मेदवारले मतदाता नामावली रसिद, सवारी साधन, इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी तथा कार्यकर्ता परिचालन, प्रचारप्रसार, कार्यकर्ता सञ्चालन र विविध शीर्षकमा उम्मेदवारले तोकेको खर्च गर्न पाउनेछन् ।  यस्तै जिल्ला समन्वय समितिका उम्मेदवार प्रमुख र उपप्रमुखले ५० हजार र अन्य पदकाले एकमुष्ट २५ हजार रुपैयाँ खर्च गर्न पाउने पनि आयोगले जनाएको छ ।


    images
    images

    Logo