images
images

आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची


  • 875
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    आईओसीले पठायो इन्धनको नयाँ मूल्यसूची

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ ।आइतबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल लिटरमा १० रुपैयाँले बढेको छ । यस्तै मट्टितेल लिटरमा ४ रुपैयाँले बढेको छ भने खाना पकाउने एलपी ग्याँस ९९ रुपैयाँले बढेको छ । 

    नयाँ मूल्यअनुसार पेट्रोलको लागत १ सय ८३ रुपैयाँ २ पैसा, डिजेलको १ सय ८३ रुपैयाँ १३ पैसा मट्टितेलको १ सय ४० रुपैयाँ १९ पैसा र खाना पकाउने एलपी ग्याँसको मूल्य २ हजार ६ सय ५० रुपैयाँ १८ पैसा रहेको छ ।

    MAY-1-new-price.jpg

     


    images
    images

    Logo