images
images

बुटवलमा एनटीयूसीले भव्यताका साथ मनायो मजदूर दिवस


  • 591
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    बुटवलमा एनटीयूसीले भव्यताका साथ मनायो मजदूर दिवस

    काठमाडौं । नेपाल टे्रड युनियन काँग्रेस रुपन्देहीले आज एक समारोह बिच बुटवलमा भव्यताका साथ १३३ औ श्रमिक दिवस मनाएको छ । बुटवल स्थित चौराह नजिक चोकबाट सयौँको संख्यामा निक्लिएर सुरु गरेको र्याली तिलोत्तमा नगर र बुटवल उपमहानगर को बिच कालिकानगरमा गइ सम्पन्न गरिएकोे थियो । 

    उक्त र्यालीमा कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसको लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन , नेपाल टे्रड यूनियन काँग्रेसका राष्ट्रिय उपाध्यक्ष अजयकुमार राई लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो सभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुनले सबै श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु मिलेर रुपन्देहीका १६ वटै स्थानीय तहमा काँग्रेसलाई जिताउन जरुरी छ र यस्तै सभाको विजय जुलुसमा सबै श्रमिकहरुलाई बधाई दिन आफुलाई इच्छा लागेको बताएका थिए । 

    सथै उनले आफनो कार्यकालमा सबै श्रमिक साथीहरुलाइ नेपाली काँग्रेसमा उचित स्थानदिने पनि उल्लेख गरे । त्यस्तै बुटवल उपमहानगरका मेयर प्रतिस्पर्धि तथा कार्यक्रमका विशिष्ट अतिथी खेलराज पाण्डेले आफुले रुपन्देहीका सबै श्रमिक साथीहरुलाई व्यक्तीगत रुपमा पनि चिनेको र ट्ेड युनियन कांगे्रसको सबै संरचना बुझेकाले आफु जिते पछी काँग्रेसको केन्द्रिय संकल्प पत्र अनुसार श्रमिकहरुका बारेका बोलेका श्रम परिषद , अनौपचारीक क्षेत्रका श्रमिकहरु लाई सामाजिक सुरक्षामा जोडने कुरा लागु गराउने बताए । 
     
    त्यस्तै गरेर टे्रड युनियनकाँग्रेसका केन्द्रिय उपाध्यक्ष अजयकुमार राईले सबै श्रमिक साथीहरुलाई १३३ औ मजदुर दिवसको शुभकामना दिँदै देशैभर नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ विजयी बनाउनकालागि मजदुर दिवसको अवसरमा केन्द्र बाट प्रतिनीधीहरु खटाएको र श्रमिक साथीहरुलाइ निर्वाचनलाई लिएर परिचालन गर्ने योजना मुताबिक आफु रुपन्देही आएको र सबै साथीहरु काँग्रेसले टे्रड युनियन काँग्रेससँग सल्लाह गरेर आफनो संकल्पपत्रमा श्रमिकका मुद्धाहरु जोडेकोले पनि सबै नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन जरुरी छ र त्यसकालागि सबै श्रमिकसाथीहरु एक्यबद्ध भई लाग्नु हुनअपिल समेत गरेका थिए । 

    सो श्रमिक सभमा नेपाली काँग्रेस लुम्बिनीप्रदेश कोषाध्यक्ष प्रकाश राना , प्रदेश सदस्य शान्ती तिम्सीना , टे्रड युनियन काँग्रेस रुपन्देहीका पुर्व अध्यक्ष काजीमान श्रेष्ठ , प्रदेश उपाध्यक्ष कृष्ण बेल्वासे , काउनका राष्ट्रिय अध्यक्ष जेवी गूरुंग , नेपाल व्युटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा , जिल्ला अध्यक्ष रेणु कर्माचार्य , नाई संघ प्रदेश अध्यक्ष सफातुल्लाह रजा , जिल्ला सचिव हिम केसी लगायतले पनि सम्बोधन गरेका थिए ।  सो श्रमिक सभाको अध्यक्षता रुपन्देही टे्रड युनियन काँग्रेस अध्यक्ष ओम प्रकाश चौधरीले गरेका थिए । 


    images
    images

    Logo